महिलासंग रंगेहात पक्राउ परेका बिप्लव नेता पार्टीबाट निष्कासित

महिलासंग रंगेहात पक्राउ परेका बिप्लव नेता पार्टीबाट निष्कासित

अछाम | अछाममा महिलासँग रंगेहात पक्राउ परेका विप्लव नेतृत्वको नेकपाका बिप्लवका नेता पार्टीबाट निष्कासित भएका छन्। जिल्लाको पञ्चदेवल विनायक नगरपालिका वडा नम्बर ८ बारलामा महिलासँग रंगेहात पक्राउ परेका पदम विकलाई पार्टीबाट निष्कासित गरिएको हो ।

विप्लव नेतृत्वको नेकपा अछामले एक विज्ञप्ति जारी गर्दै उनलाई पार्टीको साधारण सदस्य समेत नरहने गरी निष्कासन गरेको जनाएको छ ।पार्टीका जिल्ला सेक्रेटरी निरक शाही र इन्चार्ज तपेन्द्र तिमिल्सैनाद्धारा हस्ताक्षरित विज्ञप्तिमा महिलासँग रंगेहात पक्राउ परेका विकलाई साधारण सदस्य समेत नरहने गरी निष्कासन गरिएको उल्लेख गरिएको छ।