आईपीएलमा आज मुम्बई र कलकत्ता भिड्दै

आईपीएलमा आज मुम्बई र कलकत्ता भिड्दै

इन्डियन प्रिमियर लिग (आईपीएल) मा आज कलकत्ता नाईट राईडर्स र मुम्बई इण्डियन्सबीच प्रतिस्पर्धा हुँदैछ।

चेन्नईको चिदम्बरम मैदानमा हुने खेल नेपाली समयअनुसार साँझ ७ः४५ बजेदेखि सुरु हुनेछ। मुम्बईले लगातार चौथोपटक कलकत्तालाई पराजित गर्ने दाउसहित मैदानमा उत्रदै छ। 

कलकत्ताले पछिल्लो तीन खेलदेखि मुम्बईविरुद्ध जित निकाल्न सकेको छैन। यसअघि कलकत्ताले सनराइजर्स हैदराबादलाई १० रनले पराजित गर्दा पहिलो खेलमा मुम्बई रोयल च्यालेन्जर्स बंैगलोरसँग २ विकेटले पराजित भएको थियो।