नयाँ वर्षमा एनसेलले ल्यायो डबल योजना, यस्ता छन् सुविधा !

नयाँ वर्षमा एनसेलले ल्यायो डबल योजना, यस्ता छन् सुविधा !

नयाँ वर्ष २०७८ को अवसरमा एनसेलले ग्राहकले डाटा प्याकको खरिदमा बोनस स्वरूप डबल डाटा भोलुम र हरेक रिचार्जमा बोनस डाटा भोलुमको याेजना ल्याएकाे छ । 

एनसेल आजियाटा लिमिटेडले ग्राहकका लागि ल्याएको यस आर्कषक डाटा योजनाअन्तर्गत डाटा प्याकको खरिदमा उही शुल्कमा डबल डाटा भोलुम पाइन्छ भने हरेक ५० रुपियाँ वा त्याे भन्दामाथिको रिचार्जमा बोनस डाटा भोलुमको फाइदा पनि लिन सक्छन् । 

यो योजनाअन्तर्गतको डबल डाटा भोलुम डाटा सापटी सेवामा पनि लागू हुने कम्पनीले जनाएकाे छ । ग्राहकलाई अझै सुलभ दरमा डाटा सेवा सुनिश्चित गर्दै यो याेजना चैत्र ३१ मङ्गलबारदेखि सञ्चालनमा आएको छ ।

डबल डाटा योजनाअन्तर्गत ग्राहकले ३० दिनदेखि एक दिनसम्मका विभिन्न डाटा प्याकमा पुरानै शुल्कमा डबल डाटा भोलुमको फाइदा लिन सक्छन् । यो आकर्षक योजनाअन्तर्गत ग्राहकले ४९९ रुपियाँमा ३० दिन समयसीमा रहेको १० जीबी डाटा प्याकको खरिदमा थप १० जीबी डाटा बोनस स्वरूप प्राप्त गर्नेछन् ।

ग्राहकले यो योजनाअन्तर्गत मात्र ४९९ रुपियाँमा २० जीबी (१० जीबी + १० जीबी) डाटाको मजा लिन सक्छन् । बोनस डाटा पनि ३० दिनका लागि मान्य रहने एनसेलले जनाएकाे छ । त्यस्तै १३९ रुपियाँमा १४ दिन समयसीमा रहेको दुई जीबी डाटा प्याकको खरिदमा ग्राहकले चार जीबी डाटा भोलुम (२ जीबी + २ जीबी) को फाइदा लिन सक्छन् । 

त्यस्तै तीन दिन समयसीमा रहेको ४०० एमबी डाटा प्याक र एक दिनको समयसीमा रहेको १५० एमबी डाटा प्याकमा पनि डबल डाटा भोलुम योजनाअन्तर्गत ग्राहकले ४२ रुपियाँमा ८०० एमबी डाटा भोलुम (४०० एमबी +४०० एमबी) तथा १८ रुपियाँमा ३०० एमबी (१५० एमबी +१५० एमबी) डाटाको फाइदा लिन सक्छन् ।

एक दिनको समयसीमा रहेको १५० एमबी डाटा प्याकको हकमा ग्राहकले यो प्याक एनसेलको एप, वेबसाइट तथा च्याटबोट आदि डिजिटल माध्यमबाट खरिद गरेको भएमा मात्र योजनाअन्तर्गतको बोनस डाटा प्राप्त हुने एनसेलले जनाएकाे छ । यसका साथै डाटा सापटी सेवाअन्तर्गत ४० रुपियाँमा ३०० एमबी डाटा खरिद गर्दा यो योजनामा ग्राहकले उही शुल्कमा ६०० एमबी डाटाको मजा लिन सक्छन् । 

यतिमात्र हाेइन, नयाँ वर्षको यो योजनाअन्तर्गत ५० रुपियाँ वा त्याे भन्दामाथि हरेक रिचार्जमा उपहार स्वरूप बोनस डाटाले यस योजनालाई थप आकर्षक बनाएको छ । ५० देखि ९९ रुपियाँको रिचार्जमा ग्राहकले यस योजनाको अवधिभरि ५० रुपियाँ एमबी बोनस डाटा प्राप्त गर्दछन् ।

बोनस डाटा एक दिनका लागि मान्य रहने छ । त्यसैगरी १०० देखि १९९ रुपियाँ, २०० देखि २९९ रुपियाँ, ३०० देखि ४९९ रुपियाँसम्मको रिचार्जमा ग्राहकले क्रमशः १०० एमबी, २०० एमबी, ३०० एमबी रुपियाँ डाटा बोनसको रूपमा प्राप्त गर्दछन् । 

त्यसैगरी ५०० देखि ९९९ रुपियाँको रिचार्जमा ग्राहकले ५०० एमबी बोनस डाटा तथा १००० रुपियाँ वा त्याेभन्दा बढीको रिचार्जमा ग्राहकले १००० एमबी डाटा यो योजनाअन्तर्गत बोनस स्वरूप प्राप्त गर्ने कम्पनीले जनाएकाे छ ।

ग्राहकले *१७१२३# डायल गरी वा *१७१२३*७८# डायल गरी आफ्नो आवश्यकताअनुसारको डाटा प्याक खरिद गर्न सक्नेछन् । यो योजना वैशाख १४ सम्म सञ्चालनमा रहने एनसेलले जनाएकाे छ ।