खेलकुद पत्रकार मञ्च कैलालीद्धारा निर्वाचित पदाधिकारी तथा सदस्यहरूलाई सम्मान

खेलकुद पत्रकार मञ्च कैलालीद्धारा निर्वाचित पदाधिकारी तथा सदस्यहरूलाई सम्मान

धनगढी । नेपाल खेलकुद पत्रकार मञ्च कैलालीले पत्रकार महासङ्घमा निर्वाचित पदाधिकारी तथा सदस्यहरूलाई सम्मान गरेको छ । आज एक कार्यक्रमको आयोजना गर्दै  नेपाल खेलकुद पत्रकार मञ्च कैलालीमा आबद्ध रहेका पदाधिकारी तथा सदस्यहरूलाई सम्मान गरेको हो ।

हालै सम्पन्न नेपाल पत्रकार महासङ्घको निर्वाचनमा खेलकुद पत्रकार मञ्च कैलालीका सल्लाहकार भरत शाह केन्द्रीय सदस्यमा निर्वाचित भएका थिए । मञ्चका कोषाध्यक्ष हरि जोशी प्रदेश पत्रकार महासङ्घको सचिवमा निर्वाचित भए ।

मञ्चका सल्लाहकार दीपक उपाध्याय तथा सदस्यहरू नवराज पनेरु  र शङ्कर बोहरा पत्रकार महासङ्घ कैलालीको सदस्यमा निर्वाचित भएका छन् । पाँचै जनालाई मञ्चका अध्यक्ष सिताराम ओझाले सम्मान गरेका थिए ।

पत्रकार महासङ्घ केन्द्र प्रदेश र जिल्ला तीनै निकायमा मञ्चका सदस्य तथा पदाधिकारीहरूको प्रतिनिधित्व भएको भन्दै ओझाले आभार व्यक्त गरे ।

जिल्ला सदस्यमा निर्वाचित उपाध्याय सचिवमा निर्वाचित जोशी र केन्द्रीय सदस्यमा निर्वाचित शाहले खेल पत्रकारितालाई अझै व्यापक बनाइने बताए ।