सरकार लकडाउन गर्ने सोचमा छैन : प्रधानमन्त्री ओली

सरकार लकडाउन गर्ने सोचमा छैन : प्रधानमन्त्री ओली

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले सतर्कताका विधिबाट कोरोना नियन्त्रण गर्ने प्रयासमा सरकार रहेकाले छिट्टै लकडाउन नहुने बताएका छन् । नयाँ वर्ष २०७८ को सन्दर्भमा शुभकामना सन्देश दिँदै विश्वका कतिपय देश लकडाउनमा पुगिसके पनि सरकारले सतर्कता विधिलाई नै अघि सारेको बताएका हुन् । 

परिस्थिति बिग्रियो भने त्यहाँ पुग्नुपर्ने भए पनि अहिले नै सोच नरहेको र सावधानी अपनाउन सबैलाई अपिल पनि गरे ।

कतिपयले प्रधानमन्त्रीले लकडाउनको धम्की दिएको भन्दै आफू त्यो पक्षमा नरहेको बताएका छन् ।