आजदेखि देशभर दुई हप्ते व्यक्तिगत घटना दर्ता विशेष अभियान सुरु हुँदै

आजदेखि देशभर दुई हप्ते व्यक्तिगत घटना दर्ता विशेष अभियान सुरु हुँदै

आजदेखि देशभर दुई हप्ते व्यक्तिगत घटना दर्ता विशेष अभियान सञ्चालन हुने भएको छ । गृह मन्त्रालयले नागरिकको घटना दर्ता गराउने कामलाई तिब्रता दिँदै छुटेकालाई समावेश गराउन आजदेखि अभियान सञ्चालन गर्न लागेको हो ।

अभियान सबै पालिकामा सञ्चालन हुने गरी संयन्त्रसमेत निर्माण गरिएको मन्त्रालयको राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण विभागले जनाएको छ ।

यो वर्ष घुम्ती शिविरसमेत सञ्चालन गरी विशेष दर्ता अभियान सञ्चालन गर्न लागिएको विभागका महानिर्देशक जीतेन्द्र बस्नेतले बताउनुभएको छ । सरकारले व्यक्तिगत घटना दर्तालाई उच्च प्राथमिकता दिँदै सन् २०२४ सम्ममा जन्म र मृत्यु दर्तालाई शत–प्रतिशत पुर्याउने र अरु घटना दर्ताै पनि उल्लेख्य रुपमा बढाउने उदेश्य राखेको छ ।

नेपालमा हरेक वर्ष बैशाख १ लाई व्यक्तिगत घटना दर्ता दिवसको रुपमा मनाइँदै आएको छ भने सात गतेसम्म व्यक्तिगत घटना दर्ता सप्ताहको रुमपा मनाउने गरिएको छ । यसपटक भने १६ दिनसम्म विशेष अभियान चलाउन लागिएको हो । 

नेपालमा २०७२ चैत १३ गते काठमाण्डौ महानगपालिका १ र १६ बाट अनलाइनमार्फत व्यक्तिगत घटना दर्ता अभियानको शुभारम्भ गरिएको थियो ।