बुधबार धनगढीका १० सहित १४ जनामा कोरोना संक्रमण पुष्टि

बुधबार धनगढीका १० सहित १४ जनामा कोरोना संक्रमण पुष्टि

धनगढी । धनगढीका १० सहित १४ जनामा संक्रमण पुष्टि भएको छ । सेती प्रादेशिक अस्पतालको प्रयोगशालामा गरिएको परीक्षणमा १४ जनामा संक्रमण पुष्टि भएको अस्पतालका सूचना अधिकारी दिलीप कुमार श्रेष्ठले जानकारी दिए ।

कैलालीको गोदावरीका १ जना र कञ्चनपुरको भीमदत्त नगरपालिकाका ३ जनामा पनि संक्रमण पुष्टि भएको छ । ७३ जनाको पिसिआर परीक्षण गर्दा १४ जनामा संक्रमण पुष्टि भएको हो ।