सेती प्रादेशिक अस्पतालका डा. जगदीश जोशी राष्ट्रपतिबाट विभूषित

सेती प्रादेशिक अस्पतालका डा. जगदीश जोशी राष्ट्रपतिबाट विभूषित

धनगढी । सेती प्रादेशिक अस्पतालका डाक्टर जगदीश जोशी राष्ट्रपति विद्यादेवी भण्डारीबाट  विभूषित भएका छन ।

सेती प्रादेशिक अस्पतालका इमेर्जेन्सी बिभाग प्रमुख तथा सामाजिक बिकास मन्त्रालयका अस्पताल बिकास तथा चिकित्सा महाशाखा प्रमुख वरिष्ठ फिजिसियन डाक्टर जोशीलाई प्रबल जनसेवाश्री चतुर्थबाट विभूषित गरिएको हो। 

पदक पाएपछि उनले उक्त मानपदक सहयोग गर्ने सबै, सुदूरपश्चिमको साजिक बिकास मन्त्रालय, सेती प्रादेशिक अस्पतालमा सर्मपित गरेको आफ्नो फेसबुकमा लेखेका  छन्। 

राष्ट्रपति विद्यादेवी भण्डारीले राष्ट्रका विभिन्न क्षेत्रमा योगदान पुर्‍याएकालाई बुधबार विभिन्न मानपदवी, अलङ्कार र पदकबाट सुशोभन गरेकी छन ।