नयाँ वर्ष संगै अछाममा नयाँ ईन्टरलक इटा उद्योग सञ्चालनमा

नयाँ वर्ष संगै अछाममा नयाँ  ईन्टरलक इटा उद्योग सञ्चालनमा

अछाम । अछाममा इटा उद्योग सञ्चालनमा आएको छ। जिल्लाको साँफेबगर नगरपालिकामा एमबीए ईन्टरलक इटा उद्योग सञ्चालनमा आएको हो।

नयाँ वर्षको अवसरमा बुधबार नगरपालिकाको वडा नम्बर ४ छिपेखोला नजिकै रहेको सो उद्योगको उद्घाटन गरिएको बताइएको छ।

मीन बाब्ली, भीम बडाहित र एकेन्द्र कुँवरले संयुक्त रुपमा सञ्चालनमा ल्याएको इटा उद्योगले अछामवासीलाई घर तथा भवन निर्माणमा सहज हुने विश्वास व्यक्त गरिएको छ।