कैलालीमा ट्रक र मोटरसाइकल एक आपसमा ठोकिदा २ जना घाइते

कैलालीमा ट्रक र मोटरसाइकल एक आपसमा ठोकिदा २ जना घाइते

धनगढी  । कैलालीमा ट्रक र मोटरसाइकल एक आपसमा ठोकिदा २ जना घाइते भएका छन् ।

जिल्लाको धनगढी उपमहानगरपालिका ५ तारानगरमा ना ४ ख ८८७६ नम्बरको ट्रक र से ६ प ६० २१ नम्बरको मोटरसाइकल ठोकिदा मोटरसाइकल चालक र मोटरसाइकलमा सवार १ जना घाइते भएको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ ।

घाइते हुनेमा धनगढी १ का २२ वर्षीय रोशन  तिमिल्सेना र धनगढी ५ का २२ वर्षीय हेमन्त ढकाल रहेको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रवक्ता प्रहरी नायव उपरीक्षक प्रतीक विष्टले बताए । घाइतेको सेती प्रादेशिक अस्पतालमा उपचार भइरहेको उनले जानकारी दिए ।