कञ्चनपुरमा आगलागी हुँदा दुई लाख बढीको क्षति

कञ्चनपुरमा आगलागी हुँदा दुई लाख बढीको क्षति

कञ्चनपुर । कञ्चनपुरमा एक घरमा आगलागी हुदाँ दुई लाख बढीको क्षति भएको छ। जिल्लाको बेलडाँडी गाउँपालिका -१ कलकका गणेश सिंह धामीको घरमा बुधबार आगलागी भएको प्रहरीले बताएको छ।
 
आगलागीबाट गहुँ, भुसा, टायल आदि जलेर नष्ट भएको र दुई लाख ८० हजार बराबरको क्षति भएको छ । भने एक हल गोरु, गाई र बाच्छो पनि आगलागीबाट घाइते भएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी प्रवक्ता प्रहरी नायव उपरीक्षक अमर थापाले जानकारी दिए। 

थापाका अनुसार स्थानीय र प्रहरीको सहयोगमा आगो नियन्त्रणमा लिइएको प्रवक्ता थापाले बताए। उनले आगलागीको कारण भने नखुलेको र अनुसन्धान भइरहेको बताएका छन्।