फेसबुक शून्य उत्सर्जनको अवस्थामा पुगेको घोषणा

फेसबुक शून्य उत्सर्जनको अवस्थामा पुगेको घोषणा

फेसबुकको सतप्रतिशत काम अब नवीकरणीय उर्जाबाट सञ्चालन हुन थालेको छ । फेसबुकका सञ्चालक मार्क जुकरवर्गले यसको जानकारी दिएका छन्। उनका अनुसार अहिले विश्वभरका फेसबुक कार्यालयको काम सूर्य र हावाबाट उत्पादन भएको उर्जाबाट चलिरहेको छ । 

बिहीबार जुकरवर्गले फेसबुकमा पोस्ट गर्दै यसको जानकारी गराएका हुन् । ‘पृथ्वी दिवस(अप्रिल२२) नजिकै रहेको बेला यो सेयर गर्न पाउँदा म एकदमै खुसी  छु, फेसबुकको १०० प्रतिशत कार्य सञ्चालन अब नवीकरणीय उर्जाको सहायतामा हुन थालेको छ’ उनले  भनेका छन्, ‘हामी हाम्रा गतिविधिबाट अब शून्य उत्सर्जन(कार्बन) मा पुगेका छौँ । 

आफूहरु नवीकरणीय उर्जा खरिद गर्ने विश्वकै ठूलो खरिदकर्ता मध्ये एक भएको जुकरवर्गले बताएका छन् । विश्वका विभिन्न ठाउँमा सौर्य र वायु उर्जाका गरी ६३ वटा प्रोजेक्ट सञ्चालनमा रहेको र त्यसमा ८ अर्ब लगानी भएको दावी उनले गरेका छन् । 

ती प्रोजेक्टमा दशौँ हजारले रोजगारी पाएको जुकरवर्गको भनाइ छ । यो लक्ष्य हासिल गर्न सहायता गर्ने आफ्नो टिम र आफ्ना साझेदार हरुलाई उनले विशेष धन्यवाद दिएका छन् ।