सुदूरपश्चिमका यी तीन ठाउँमा विद्युतीय चार्जिङ स्टेसन बनाईने

सुदूरपश्चिमका यी तीन ठाउँमा विद्युतीय चार्जिङ स्टेसन बनाईने

सुदूरपश्चिम प्रदेशमा विद्युतीय चार्जिङ स्टेसन बनाईने भएको छ । प्रदेशका बिभिन्न तिन जिल्लामा विद्युतीय चार्जिङ स्टेसनको निर्माण गरिने भएको हो सात प्रदेशका विभिन्न ५० स्थानमा विद्युतीय सवारी साधनको चार्जिङ स्टेसनको आपूर्ति, जडान, परीक्षण,सञ्चालन र मर्मतसम्भारका लागि ठेक्का सम्झौता भएको छ ।

सुदूरपश्चिमको कञ्चनपुरको महेन्द्रनगर, कैलालीको धनगढी र डडेल्धुरामा १-१ गरी ३ वटा चार्जिङ स्टेसन रहने भएका छन् । नेपाल विद्युत प्राधिकरणको विद्युतीय सवारी चार्जिङ पूर्वाधार विकास आयोजना र अन्तर्राष्ट्रिय टेण्डरबाट छनोट भएको वाङवाङ डिजिटल इनर्जी कर्पोरेसन लिमिटेड,जियाङ्सु, चीन बीच मंगलबार ३७ करोड ७९ लाख ५५ हजार रुपैयाँमा (करबाहेक) ठेक्का सम्झौता भएको हो ।