लद्दाखमा फेरि चीन र भारतबीच तनाव, सैनिक नहटाउने पक्षमा चीन

लद्दाखमा फेरि चीन र भारतबीच तनाव, सैनिक नहटाउने पक्षमा चीन

लद्दाखको गोगरा-हर्ट स्प्रिङ्ग क्षेत्रमा चीन सन् २०२२ अप्रिलभन्दा पहिलाको अवस्थामा फर्कन नमानेपछि चीन र भारतबीच फेरि तनाब बढेको छ।

केही महिनाअघि भारत र चीन उक्त क्षेत्रबाट आफ्ना सैनिक हटाउन सहमत भएका थिए तर पछिल्ला बैठकहरूमा चीनले गोगरा-हर्ट स्प्रिङ्ग क्षेत्रबाट पछि नहटेको भारतको आरोप छ।

गत साता दुवै देशका उच्च सैनिक अधिकारीबीच १३ घण्टा लामो बैठक बसेको थियो।