आज यी स्थानमा चट्याङ तथा हावाहुरीसहित वर्षा हुने

आज यी स्थानमा चट्याङ तथा हावाहुरीसहित वर्षा हुने

हाल देशमा स्थानीय र पश्चिमी वायुको न्यूनचापीय रेखाको प्रभाव रहेको छ । जसले गर्दा आज प्रदेश १, सुदूरपश्चिम प्रदेशलगायत प्रदेशका पहाडी भू–भागका केही स्थानमा मेघ गर्जन, चट्याङ र हावाहुरीसहित वर्षा हुने सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

अहिले पहाडी भू–भागमा आंशिक देखि सामान्य बदली रहेको महाशाखाले जनाएको छ । भोलि पहाडी र तराईका केही स्थानमा र तराईका एक दुई स्थानमा मेघ गर्जन, चट्याङ र हावाहुरीसहित हल्का वर्षाको सम्भावना छ । आइतबार पहाडी भू–भागका केही स्थानमा मेघ गर्जन र चट्याङसहित हल्का वर्षाको सम्भावना रहेको महाशाखाले पूर्वानुमान गरेको छ ।