बैतडीको सिगासमा ९ महिनादेखि नीजि स्रोतका शिक्षकले पाएनन् तलब, वडा कार्यालयमा तालाबन्दी

बैतडीको सिगासमा ९ महिनादेखि नीजि स्रोतका शिक्षकले पाएनन् तलब, वडा कार्यालयमा तालाबन्दी

बैतडी | बैतडीको सिगास गाउँपालिकामा रहेका निजि स्रोतका शिक्षकहरुले आन्दोलनका कार्यक्रम अन्तर्गत वडा कार्यालयमाा तालाबन्दी गरेका छन्।

गएको ९ महिनादेखिको तलव नपाएको भन्दै बिहीवार उनीहरुले गाउँपालिकाका ७ वटा वडा कार्यालयहरुमा तालाबन्दी गरेका हुन्। वडा नम्बर २ र ५ बाहेकका वडा कार्यालयमा तालाबन्दी गरिएको छ।

९ वटै कार्यालयमा तालावन्दी योजना रहेकोमा वडा नम्बर २ मा प्रहरी प्रशासनको अवरोध र वडा नम्बर ५ मा कम शिक्षक उपस्थीत भएकाले लगाउन नसकेको शिक्षकहरुले बताएका छन्। बिगतमा स्वयमसेवक शिक्षकको रुपमा तलव पाउदैँ आएका १ सय ८७ जनाको संख्यामा रहेका उनीहरुले अहिले तलव नपाउदा आन्दोलन जारी राखेका हुन्। निजि श्रोतका शिक्षकहरुले बिहीवार गाउँपालिका भरीका ५९ वटै सामूदायिक बिद्यालयहरु बन्द गरेर आन्दोलनमा उत्रिएको संर्घष समिति अध्यक्ष लक्ष्मी शाह चन्दले बताए।

बिगतमा आफुहरु गाउँपालिकाबाट तलव पाउदैँ आएकोमा अहिले बिद्यालय ब्यवस्थापन समितिको जिम्मामा छोड्ने गरि गाउँकार्यपालिकाले गरेको निर्णयप्रति उनिहरुले आक्रोस ब्यक्त गरेका छन्। आफुहरुलाई बेलाबेलामा तलव दिने आश्वासन दिएपनि अन्तमा शिक्षकबाटै हटाउने प्रपञ्च रचेकोले आन्दोलनमा उत्रिएको शिक्षक कर्णराम बिकले बताए।

यस बिषयमा सिगास गाउँपालिकाले भने राजश्व बाडफाडको रकमबाट शिक्षकहरुको तलव दिदैँ आएकोमा उक्त रकम केन्द्र सरकारबाट नै प्राप्त नभएकाले तलव खुवाउन नसकिएको जनाएको छ।आगामी दिनमा उक्त शिर्षकको रकम प्राप्त भएमा तलव दिने गाउँपालिका उपाध्यक्ष द्रोपति चन्दले बताइन्।