शनिबार दिउँसो देशका धेरैजसो स्थानहरुमा आंशिकदेखि सामान्य बदली रहने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।
महाशाखाका अनुसार पहाडी भूभागका केही स्थानहरुमा र तराईका थोरै स्थानहरुमा मेघगर्जन, चट्टयाङ्ग, हावाहुरी र असिना सहित क्षणिक वर्षाको सम्भावना समेत रहेको छ।
यस्तै राति पनि पहाडी भूभागका एक दुई स्थानमा मेघगर्जन र असिनासहित क्षणिक वर्षाको सम्भावना रहेको छ।
महाशाखाले अहिले भने देशमा स्थानीय वायुको साथसाथै पश्चिमी वायुको पनि प्रभाव रहेको र सूदुर पश्चिम प्रदेश र प्रदेश १ मा सामान्य बदली तथा अन्य प्रदेशहरुको पहाडी भूभागमा आंशिक बादली र बाँकी भूभागमा मौसम सामान्यतया सफा रहेको जनाएको छ।