बैतडीको पाटन नगरपालिकामा वैशाख १५ देखि वार्षिक परीक्षा सञ्चालन गरिने

बैतडीको पाटन नगरपालिकामा वैशाख १५ देखि वार्षिक परीक्षा सञ्चालन गरिने

बैतडी । बैतडीमा वैशाख १५ गतेदेखि वार्षिक परीक्षा सञ्चालन गरिने भएको छ। जिल्लाको पाटन नगरपालिकामा यही वैशाख १५ गतेदेखि कक्षा ४, ५, ६, ७ र ९ को वार्षिक परीक्षा सञ्चालन गरिने भएको हो।

उक्त नगरपालिकाका नगर प्रमुख केशव बहादुर चन्दको अध्यक्षतामा बसेको बैठकले सो निर्णय गरेको बताइएको छ। त्यसैगरी बैठकबाट कक्षा ८ को परीक्षा वैशाख २२ गतेदेखि सञ्चालन गर्ने निर्णय भएको पनि बताइएको छ। कक्षा १ देखि ३ सम्मको भने आन्तरिक मुल्याङ्कनका आधारमा नतिजा प्रकाशन गर्ने गरिएको जनाइएको छ।

यसअघि शिक्षा मन्त्रालयले जेठमा अन्तिम परीक्षा गर्न भनेको थियो। कोरोना भाइरसको संक्रमण फेरि बढ्न थालेपछि स्वास्थ्य सुरक्षाका मापदण्ड पालना गरी वैशाखमै परीक्षा सञ्चालन गर्न लागिएको नगरपालिकाले जनाएको छ।