हाम्रो पार्टीको नाम र चिन्ह तयार हुँदैछ, ओलीको एकलौटी रहिरहे एमाले एउटै रहँदैन: डा. रावल

हाम्रो पार्टीको नाम र चिन्ह तयार हुँदैछ, ओलीको एकलौटी रहिरहे एमाले एउटै रहँदैन: डा. रावल

धनगढी। एमाले पार्टी फुट्न सक्ने नेकपा एमाले माधव समूहका नेता भीम रावलले बताएका छन् । शनिबार धनगढीमा आयोजित नेपाल उत्पीडित जातीय मुक्ति समाजको प्रदेशस्तरीय भेलामा बोल्दै डा रावलले पार्टी विभाजन प्रधानमन्त्री ओलीले चाहेको आरोप लगाउदै स्थितिअनुसार आगामी निर्वाचनभन्दा अघि  पार्टी फुट्न सक्ने बताएका हुन् । 

उनले पार्टीको नाम र चिन्ह फरक पर्न सक्ने भन्दै कार्यकर्ताहरूलाई तयार रहन निर्देशन दिए । अध्यक्ष ओलीले नै एमाले विभाजन गर्न खोजेको र आफूहरुले त्यसलाई रोक्न खोजेको रावलको दावी थियो ।

उनले भने, ‘पाटी विभाजन गर्न हामीले खोजेको होइन, केपी ओलीले खोजिरहनुभएको छ। हामी पार्टी विभाजनलाई रोक्नका लागि झण्डा उठाइरहेका छौं। तर, भोलि निर्वाचनमा जाने कामका लागि पार्टीको कुनै एउटा स्थिति आइपुग्यो भने हामीले जुनसुकै कदम पनि चाल्नुपर्छ। त्यसका लागि तयार भइरहनुहोला।’

यस्तै  नेता रावलले पार्टीको स्वाधीनता र एकताका लागि ह्वीप उल्लंघन गरेको बताए । कर्णाली प्रदेशमा एमालेका प्रदेश सांसदहरूले आफ्नो स्वार्थका लागि ह्वीप उल्लंघन नगरेको बताउदै एमाले पार्टीमा विधान र अनुशासनमाथि मनपरी गर्नेको विरुद्धमा  कर्णालीका सांसदहरूको कदम रहेको बताए। उनले कर्णालीसँगै सुदूरपश्चिममा पनी सो अवस्था देखिने दाबी गरे।