आगामी तीन दिनसम्म देशको कुन भूभागको मौसम कस्तो रहला ?

आगामी तीन दिनसम्म देशको कुन भूभागको मौसम कस्तो रहला ?

जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार देशमा स्थानीय वायुको साथसाथै पश्चिमी वायुको आंशिक प्रभाव रहेको देखिन्छ। 

पहाडी भूभागहरुमा आंशिक बदली रहेको छ भने बाकी भू(भागको मौसम सामान्यतया सफा रहेको छ।

आगामी तीन दिनको मौसम पूर्वानुमान 

२०७८ बैशाख ६ गते (सोमबार) 

दिउँसो :  देशको पहाडी भूभागमा आंशिक देखि सामान्य बदली रही बाँकी भूभागमा मौसम सामान्यतया सफा रहनेछ।देशको पहाडी भूभागका थोरै स्थानहरुमा अपरान्ह पछि मेघगर्जन, चट्टयाङ्ग र हावाहुरी सहित क्षणिक वर्षाको सम्भावना रहेको छ ।

राती : देशका पहाडी भूभागमा आंशिक देखि सामान्य बदली रही बाँकी भूभागमा मौसम सामान्यतया सफा  रहने छ । देशका पहाडी भूभागका एक दुई  स्थानमा मेघगर्जन, चट्टयाङ्ग र हावाहुरीसहित क्षणिक वर्षाको सम्भावना रहेको छ।

२०७८ बैशाख ७ गते (मंगलबार) 

दिउँसो :  देशको सुदुरपश्चिम प्रदेश, कर्णाली तथा प्रदेश १ मा आंशिक देखि सामान्य बदली बाँकी भूभागमा आंशिक बदली रहनेछ। देशको सुदुर पश्चिम तथा कर्णाली प्रदेशका थोरै स्थानहरू र बाकी प्रदेशका पहाडी भूभागका एक दुई स्थानहरुमा अपरान्ह पछि मेघगर्जन, चट्टयाङ्ग, हावाहुरी र असिनासहित क्षणिक वर्षाको सम्भावना रहेको छ ।

राती :  देशको सुदुरपश्चिम प्रदेश, कर्णाली तथा गण्डकी प्रदेशका भूभागमा आंशिक देखि सामान्य बदली रही बाँकी भूभागमा मौसम सामान्यतया सफा  रहने छ । देशको सुदुर पश्चिम तथा कर्णाली प्रदेशका थोरै स्थानहरू र बाकी प्रदेशका पहाडी भूभागका एक दुई स्थानहरुमा अपरान्हतिर मेघगर्जन, चट्टयाङ्ग, हावाहुरी र असिनासहित क्षणिक वर्षाको सम्भावना रहेको छ ।

२०७८ बैशाख ८ गते (बुधबार) 

दिउँसो : देशभर आँशिक देखि सामान्य बदली रही सुदुर पश्चिम प्रदेश, कर्णाली प्रदेशका धेरै र बाँकि प्रदेशहरुका केही स्थानहरुमा मेघगर्जन, चट्टयाङ्ग र हावाहुरी सहित क्षणिक वर्षाको सम्भावना रहेको छ ।

राती :  देशभर आँशिक देखि सामान्य बदली रही सुदुर पश्चिम प्रदेश, कर्णाली प्रदेशका धेरै र बाँकि प्रदेशहरुका केही स्थानहरुमा मेघगर्जनरचट्टयाङ्गरहावाहुरी सहित क्षणिक वर्षाको सम्भावना रहेको छ ।

आगामी २४ घण्टाका लागि चेतावनी तथा परामर्श 

देशको पहाडी भूभागका थोरै स्थानहरुमा साँझपख मेघगर्जन, चट्टयाङ्ग र हावाहुरीसहित क्षणिक वर्षाको सम्भावना रहेको हुनाले आवश्यक सतर्कता अपनाउन विभागले आग्रह गरेको छ ।