माघ २६ गतेबाट सुरु भएको सुदूरपश्चिम प्रदेशसभाको हिउँदे अधिवेशन मंगलवार २१औँ बैठक बसेर अन्त्य हुने

माघ २६ गतेबाट सुरु भएको सुदूरपश्चिम प्रदेशसभाको हिउँदे अधिवेशन मंगलवार २१औँ बैठक बसेर अन्त्य हुने

सुदूर | सुदूरपश्चिम प्रदेशमा हिउँदे अधिवेशन भोलिदेखि अन्त्य हुने भएको छ । आइतबार बसेको मन्त्रिपरिषद बैठकले आगामी मंगलवारबाट सातौँ अधिवेशन अन्त्य गर्न प्रदेश प्रमुखसमक्ष सिफारिस गर्ने निर्णय गरेको हो ।

अधिवेशन माघ २६ गतेबाट सुरु भएको थियो । सोमबार २०औं बैठक बस्दै छ । मंगलवार २१औं बैठक बसेर अधिवेशन अन्त्य हुने प्रदेश सभा सचिवालयका सचिव रामसिंह धामीले जानकारी दिए ।

चालू अधिवेशनमा ६ वटा विधेयक पारित भएको छ । मंगलवार पनि प्रदेशको राष्ट्रिय वन सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक पारित हुने कार्यसूची रहेको सचिव धामीले बताए ।