लागुऔषधसहित कञ्चनपुरमा दुई जना पक्राउ

लागुऔषधसहित कञ्चनपुरमा दुई जना पक्राउ

कञ्चनपुर । कञ्चनपुर प्रहरीले लागुऔषधसहित दुई जनालाई पक्राउ गरेको छ। जिल्ला प्रहरी कार्यालय कञ्चनपुर तथा मातहतबाट खटिएको प्रहरी टोलीले विशेष सूचनाका आधारमा जिल्लाको शुक्लाफाँटा नगरपालिका-७ का २३ बर्षका अर्जुन ऐर र भीमदत्त नगरपालिका-४ सब्जीमण्डी डेरा गरि बस्ने २६ बर्षका मदन पाललाई पक्राउ गरेको हो।

उनीहरुका साथबाट १ ग्राम ८७० मिलीग्राम (खैरोहिरोइन) ब्राउन सुगरसहित नियन्त्रणमा लिई कानून बमोजिम थप अनुसन्धान भईरहेको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले जनाएको छ।