हिजो भारतको विरोध गर्ने ओली अहिले भारतको टाङमुनि छिरेको छ : शेरबहादुर देउवा

हिजो भारतको विरोध गर्ने ओली अहिले भारतको टाङमुनि छिरेको छ : शेरबहादुर देउवा

काठमाडौं । नेपाली कांग्रेसका सभापति शेर बहादुर देउवाले पहिला भारतको विरोध गर्दै हिँड्ने प्रधानमन्त्री केपी शर्मा ओली अहिले भारतकै टाङमुनि छिरेको बताएका छन्।

नेपाल विद्यार्थी संघ (नेविसंघ)को ५२ ओं स्थापना दिवसको अवसरमा वाल्मीकि क्याम्पसमा आयोजित एक कार्यक्रममा देउवाले ओली भारतको त्वमशरणममा लागेको आरोप लगाएका हुन्।

'हिजो भारतको विरोध गर्ने ओली भारतको टाङमुनि छिरेको छ। राष्ट्रवादले चुनाव जिचेका उनी अहिले भारतको त्वमशरणममा लागेको छ' उनले भने।

देउवाले अहिले प्रजातन्त्रमाथि खतरा उत्पन्न भएको भन्दै ओलीलाई आफूलाई हटाउन खोजेको बताए। तर,  माओवादी केन्द्रले सरकारलाई दिएको समर्थन फिर्ता लिएकोले त्यो सम्भव हुन नसकेको उनले बताए।

'ओलीलाई हटाउन चाहेकै हो। तर सियोर सट हुनुपर्छ है। प्रचण्डले फिर्ता लिएको छैन। प्रचण्डले फिर्ता लिए पनि जसपाले समर्थन गर्न लागेको छ' उनले भने।

देउवाले कोरोना संक्रमण बढ्दै गएको भन्दै नेविसंघको यो कार्यक्रम नगर्न आग्रह गरेको बताए।

'यो कार्यक्रम नगरौ भनेको, अध्यक्षले गर्ने भने। जिन्दगी ठूलो कुरा हो नि। नजिकनजिक बस्नुभएको छ' उनले भने।

सभापति देउवाले नेविसंघमा रहेको गुटबन्दीप्रति पनि आपत्ति जनाए। एउटै कलेजमा तीन चारवटा समूह रहेको भन्दै उनले यस्तो अवस्थामा नेविसंघलाई अघि बढ्न गाह्रो हुने बताएका हुन्।