एकै दिन बझाङमा ४ जनाको ज्यान गयो, यस्तो छ मृत्युको कारण ?

धनगढी खबर    

एकै दिन बझाङमा ४ जनाको ज्यान गयो, यस्तो छ मृत्युको कारण ?

बझाङ । बझाङमा एकैदिन ४ जनाको मृत्यु भएको छ। ती मध्ये २ जनाको भीरबाट लडेर मृत्यु भएको हो।  मृत्यु हुनेमा तल्कोट गाँउपालिका–१ रैसेल्लीका २० वर्षीय राजु तामाङ र जाजरकोटका ४० वर्षीय खडक पुनको रहेको जिल्ला प्रहरी कार्यालय बझाङका निमित्त कार्यालय प्रमुख प्रहरी निरीक्षक कमलप्रशाद चौधरीले बताए। 

तल्कोट–१ को ओखरे भीरबाट २५० मिटर लत खस्दा दुवैजनाको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ। वैशाख ३ गते घरबाट सुर्मा गाँउपालिकाको धानसेरी जानका लागि हिँडेका दुवैैजना सम्पर्कमा नआएपछि खोजी गर्दा आइतबार राति दुवै जनालाई मृत अवस्थामा भेटिएको थियो। 

यस्तै, आइतबार जिल्लाको जयपृथ्वी नगरपालिका–८, बारीलका ४८ वर्षीया गालु बोहराको चट्याङ लागेर मृत्यु भएको छ। जंगलमा दाउरा काट्न गएका बोहराको चट्याङ लागेर मृत्यु भएको आफन्तले बताएका छन्।

आइतबार नै दुर्गाथली गाँउपालिका–३ रकैलकी ११ वर्षीया बालिका अनीता दमाई मृत अवस्थामा फेला परेकी छिन्। घर नजिकैको जंगलमा बाख्रा चराउन गएकी बालिकारुखमा झुण्डिएको अवस्थामा फेला परेको प्रहरीले जनाएको छ।



सोमबार ०६, बैशाख २०७८ ०५:५० मा प्रकाशित

#बझाङ #४ जनाको ज्यान गयो
Loading...

प्रतिकृया दिनुहोस