घरेलु समस्याका कारण गड्डाचौकी पुलबाट महिलाले महाकाली नदीमा हाम फाले पछि !

घरेलु समस्याका कारण गड्डाचौकी पुलबाट महिलाले महाकाली नदीमा हाम फाले पछि !

कञ्‍चनपुर । महाकालीमा हाम फालेकी महिलाको भारतीय प्रहरीले उद्धार गरेको छ । महाकाली पुलबाट आइतबार ४ः३० बजे हाम फालेकी नेपाली महिलाको भारतीय क्षेत्रतर्फको चौकीका जल कन्सटेबल प्रताप गढियाले ती महिलाको उद्धार गरेका हुन् ।

नदीको गहिराइ अधिक भए पनि ती प्रहरी कन्सटेबलले आत्महत्याको प्रयास गरेकी महिलाको सकुशल उद्धार गरेको गढीयाले बताएका छन् । कञ्‍चनपुरको दोधारा चाँदनी वडा नम्बर-६ निवासी सरस्वती नाम बताउने ती महिलाले घरेलु समस्याका कारण आत्महत्याको प्रयास गरेको भारतीय प्रहरीले जानकारी दिएको छ ।

ती महिलालाई उद्धार गरिएको बारे नेपाल प्रहरीलाई पनि जानकारी गराएर उनका भाइ सागरको जिम्मा लगाइएको ईलाका प्रहरी कार्यालय गड्डाचौकीका ईन्चार्ज जीवन गुरूङले जानकारी दिएका छन् ।

कञ्‍चनपुर प्रहरी प्रवक्ता डीएसपी अमरबहादुर थापाले ती महिलाको अवस्था सामान्य रहेको र उनलाई परिवारका सदस्यको जिम्मा लगाइएको पुष्टि गरेका छन् ।