मानव अधिकार रक्षकको सुरक्षा प्रति प्रहरी प्रतिबद्ध छ: डिआइजी सुवेदी

मानव अधिकार रक्षकको सुरक्षा प्रति प्रहरी प्रतिबद्ध छ: डिआइजी सुवेदी

धनगढी । सुदूरपश्चिम प्रदेश प्रहरी प्रमुख डिआइजी उत्तरम राज सुवेदीले मानव अधिकार रक्षकको सुरक्षा प्रति प्रहरी प्रतिबद्ध रहेको बताएका छन् । 

मंगलबार अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) प्रदेश कार्यालय द्वारा आयोजित मानव अधिकार रक्षकको सुरक्षा र संरक्षणमा राज्यको दायित्वको विषमा प्रदेश स्तरीय अन्तरक्रिया कार्यक्रममा बोल्दै डिआइजी सुवेदीले मानव अधिकार रक्षकको सुरक्षा प्रति प्रहरी प्रतिबद्ध रहेको बताएका हुन् । 

कार्यक्रममा अतिथिहरू विधायन समिति सुदूरपश्चिम प्रदेश सभापति नेपालु चौधरी, प्रदेश सभा सदस्य पूर्णा जोशी तथा प्रदेश प्रहरी प्रमुख उत्तम राज सुवेदीको उपस्थिति रहेको थियो ।