सुदूरपश्चिम प्रदेशबाट आजदेखि श्रम स्वीकृति

सुदूरपश्चिम प्रदेशबाट आजदेखि श्रम स्वीकृति

धनगढी : सुदूरपश्चिम प्रदेशमा शुक्रबारदेखि श्रम स्वीकृतिको सेवा शुरु हुँदैछ । वैदेशिक रोजगारीमा जानेलाई शुक्रबारदेखि सुदूरपश्चिम प्रदेशको अस्थायी राजधानी धनगढीमा रहेको श्रम तथा रोजगार कार्यालयबाट श्रम स्वीकृति दिन लागिएको हो । आज विशेष कार्यक्रम गरेर सेवा उद्घाटन गर्ने तयारी भैरहेको श्रम तथा रोजगार कार्यालय धनगढीका प्रमुख कृष्णानन्द जोशीले जानकारी दिनुभयो । 

श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले यसअघि प्रदेश नम्बर २ को जनकपुर, प्रदेश नम्बर ५ को बुटवल, गण्डकी प्रदेशको पोखरा र कर्णाली प्रदेशको सुर्खेतबाट सेवा उपलब्ध गराउन थालिसकेको छ ।

वैदेशिक रोजगारीसँग सम्बन्धित सेवाहरुलाई विकेन्द्रित गरी सरल र सहज बनाउन धनगढीबाट पनि सेवा दिन लागिएको मन्त्रालयले जनाएको छ ।