भारत बन्यो विश्वकै कोरोना 'हटस्पट', एकै दिन करिब तीन लाख संक्रमित थपिए

भारत बन्यो विश्वकै कोरोना 'हटस्पट', एकै दिन करिब तीन लाख संक्रमित थपिए

भारतमा कोरोनाबाट एकैदिन अहिलेसम्मकै धेरै संक्रमित थपिएका छन्। वर्ल्डोमिटरका अनुसार पछिल्लो २४ घन्टामा भारतमा २ लाख ९४ हजार बढी संक्रमित थपिएका छन्। सोही अवधिमा २ हजार बढीको मृत्यु भएको तथ्यांकमा उल्लेख छ।

अघिल्लो दिन भारतमा २ लाख ५६ हजार संक्रमित थपिएका थिए भने १७ सय बढीको मृत्यु भएको थियो। भारतमा पछिल्लो समय विश्वकै सबैभन्दा धेरै संक्रमित थपिएका छन्। जसका कारण भारतका विभिन्न राज्यमा लकडाउन गरिएको छ।