कञ्चनपुरका विभिन्न स्थानबाट १ लाख बढीको भन्सार छली ल्याएको अबैध सामान बरामद

कञ्चनपुरका विभिन्न स्थानबाट १ लाख बढीको भन्सार छली ल्याएको अबैध सामान बरामद

कञ्चनपुर । कञ्चनपुरका विभिन्न स्थानबाट एकलाख बढीको भन्सार छली ल्याएको अबैध सामान बरामद गरेको छ । 

जिल्लाको कृष्णपुर नगरपालिका ५ वनदेवी जंगलस्थित भन्सार छली चोरी पैठारी गरेर ल्याएका ६३ हजार ९ सय मुल्य बराबरको जुत्ता चप्पल बरामद गरिएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रवक्ता तथा प्रहरी नायव उपरीक्षक अमरबहादुर थापक्षेत्रीले बताए ।

त्यस्तै, जिल्लाको भिमदत्त नगरपालिका  वडा नम्बर ५ सुकाशालस्थित भन्सार छली चोरी पैठारी गरि ल्याएको सामान बरामद गरिएको थापाले बताए । उनका अनुसार पैठारी गरि ल्याएको कालो प्लाष्टिक, नाईलन डोरी, प्लाष्टिकको फिता र हार्डवेयर साईकल का सामाग्री अन्दाजी ४३,००० बराबरको सर-समान बरामद गरिएको हो ।

बरामद गरिएको उक्त सामान सामान आवश्यक कारवाहीको लागी त्रिनगर भन्सार कार्यालय कैलाली र गड्डाचौकी भन्सार  कार्यालय कञ्चनपुर पठाईएको  कञ्चनपुर प्रहरीले जनाएको छ ।