एमाले अध्यक्ष ओली र वरिष्ठ नेता नेपालबीच भेटवार्ता

एमाले अध्यक्ष ओली र वरिष्ठ नेता नेपालबीच भेटवार्ता

काठमाडौँ: लामो समयपछि नेकपा (एमाले) का अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओली र नेता माधवकुमार नेपालबीच भेटवार्ता भएको छ।

उनिहरूबीच आज साँझ राजधानीको नागपोखरीस्थित होटल मेरियटमा भेटवार्ता भएको हो। उनिहरूबीच पार्टीभित्र देखिएका अन्तरसङ्घर्ष व्यवस्थापन गर्ने सम्बन्धमा गम्भीर विचार विमर्श शुरु भएको हो।

गत पुस ५ गते प्रतिधिसभा विघटनपश्चात उनिहरूबीच संवाद हुन सकेको थिएन। यसअघि स्थायी समिति सदस्य योगेशकुमार भट्टराईले प्रधानमन्त्री निवास बालुवाटारमा अध्यक्ष ओलीसँग भेट गरी पार्टीभित्रका विवाद अन्त्यका लागि विशेष पहल लिन आग्रह गरेका थिए।