स्थानीय वायु र पश्चिमी वायुको प्रभाव : कहाँ-कहाँ छ वर्षाकाे सम्भावना ?

स्थानीय वायु र पश्चिमी वायुको प्रभाव : कहाँ-कहाँ छ वर्षाकाे सम्भावना ?

आज देशका केही भू–भागमा चट्टयाङ्ग सहित वर्षाको सम्भावना रहेको छ ।

आज देशभर आँशिक देखि सामान्य बदली रही सुदुर पश्चिम प्रदेश, कर्णाली प्रदेश, गण्डकी प्रदेश र बागमती प्रदेशका केही स्थानहरु तथा अन्य प्रदेशका पहाडी भू–भागका थोरै स्थानमा मेघगर्जन/चट्टयाङ्ग/हावाहुरी सहित क्षणिक/हल्का वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । देशका केही स्थानहरुमा तुवाँलोको सम्भावना रहेको पनि महाशाखाको भनाई छ ।

हाल देशमा स्थानीय वायु र पश्चिमी वायुको प्रभाव रहको छ । काठमाडौं उपत्यका लगायत देशका विभिन्न भू–भागमा आज बिहानैदेखि वर्षा भइरहेको छ ।