भक्तपुरको गठ्ठाघरमा भएको दुर्घटनामा परी धनगढीका एक जनाको मृत्यु

धनगढी खबर    

भक्तपुरको गठ्ठाघरमा भएको दुर्घटनामा परी धनगढीका एक जनाको मृत्यु

धनगढी । टिप्पर र मोटरसाइकल ठोक्किँदा एक जनाको मृत्यु भएको छ। भक्तपुरको गठ्ठाघरमा बुधवार राति सवा ९ बजे बा ३ ख ४४६५ नम्बरको टिपर र विपरीत  दिशाबाट आइरहेको रा २ प ४४३७ नम्बरको मोटरसाइकल ठोक्किँदा मोटरसाइकलको पछाडि बस्ने कैलालीको धनगढीका ४३ वर्षीय पद्मराज पाठकको मृत्यु भएको प्रहरीले जनाएको छ।

पाठकको उपचारका क्रममा बुधवार राति मध्यपुर अस्पताल थिमिमा मृत्यु प्रहरीले जनाएको छ । दुर्घटनामा मोटरसाइकल चालक दाङका २५ वर्षीय उमेश चौधरी घाइते भएका छन्। 

उनको बाँसबारीमा रहेको न्युरो अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ । टिप्पर चालकलाई प्रहरीले पक्राउ गरेको छ।  
 



बिहिबार ०९, बैशाख २०७८ ०९:४१ मा प्रकाशित

#दुर्घटना

नेकपा एमाले भित्रको किचलोमा को बढी दोषी ?

Loading...

प्रतिकृया दिनुहोस