बझाङमा असिना पानीले भित्र्याउन लागिएको गहुँमा क्षति

बझाङमा असिना पानीले भित्र्याउन लागिएको गहुँमा क्षति

बझाङ । बझाङमा शुक्रवार दिउसो पानीसँगै परेको अनिकाले पाक्नै लागेको गहुँवालमा क्षति पुर्‍याएको छ । शुक्रवार दिउँसो पानीसँगै परेको असिनाले खप्तड छान्ना, सुर्मा, साइपाल, मस्टा, थारा, केदारस्युँ, छविसपाथिभेरा, दुर्गा थली गाउँपालिका र जय पृथ्वी नगरपालिकामा पाकेर काट्ने तयारीमा लागेको गहुँ बाली क्षति पुर्‍याएको स्थानीयले बताएका छन् । 

करिब एक घण्टा जति परेको असिना–पानीले गहुँवालाकी साथै तरकारी र फलफूलमा क्षति पुर्‍याएको जय पृथ्वी नगरपालिका गोलाईका नरेन्द्र उपाध्यायले बताए । उनले भने गहुँ वाली पाकेर काट्ने तयारीमा थियौ । 

एक्कासि असिना पानी पर्‍यो । गहुँ वाली खेतमै चुटेर सखाप पारेको छ । दानाको त के कुरा गहुँको बोटको पनि नामनिसान छैन । अर्को वर्षका लागि बीउ समेत नहुने भएपछि चिन्तित भएको उनको भनाई छ । 

असिना पानीले फलफूलका बोटबिरुवाहरू भाँच्नुका साथै तरकारी खेतीमा पनि क्षति पुर्‍याएको छ । आलु, बन्द गोभी, काउली लगायत तरकारी असिना–पानीले नष्ट गरेपछि चिन्तित बनेको जय पृथ्वी नगरपालिका ११ का धर्मराज जोशीले दुखेसो गरे । उनले भने असिनाले चुटेर रुखका पात समेत छैनन् । 

पातै झर्ने गरी असिना पर्‍यो गहुँवालको त कुरै छैन । लामो समयको खडेरीले धानको बेर्ना राख्न नपाएका किसानलाई बालीको रोग र असिना पानीले झन् मर्कामा पारेको उनले बताए । अन्नबाली, तरकारी, फलफूलमा क्षति पुगेपछि बझाङवासीलाई झन् भोकमरी हुने र आयातित खाद्यान्नमा निर्भर हुनुपर्ने देखिएको छ ।