पूर्ण खोप सुनिश्चितता तथा दिगोपना जिल्ला घोषणा भयो कञ्चनपुर

पूर्ण खोप सुनिश्चितता तथा दिगोपना जिल्ला घोषणा भयो कञ्चनपुर

कञ्चनपुर ।  कञ्चनपुर जिल्ला पूर्ण खोप सुनिश्चितता तथा दिगोपना घोषणा भएको छ। सुदूरपश्चिम प्रदेशका सामाजिक विकास मन्त्री कृष्णराज सुवेदीले बुधबार कञ्चनपुरलाई पूर्ण खोप सुनिश्चितता तथा दीगोपना घोषणा गरेका हुन्। 

उनले प्रदेशका सबै जिल्लामा लक्षित उमेर समूहका बालबालिकाहरूलाई मापदण्ड अनुसार खोपको मात्रा दिइएकोले क्रमशः जिल्लागत रूपमा घोषणा गर्दै यही वैशाख २० देखि २५ गतेभित्र प्रदेशलाई नै पूर्ण खोप सुनिश्चितता तथा दिगोपना घोषणा गरिने बताए।