२४ घण्टामा थपिए २४२८ कोरोना संक्रमित, मृतकको संख्या ३११७ पुग्यो (हेर्नुस् पछिल्लो अपडेट)

२४ घण्टामा थपिए २४२८ कोरोना संक्रमित, मृतकको संख्या ३११७ पुग्यो (हेर्नुस् पछिल्लो अपडेट)

 बितेको २४ घण्टामा नेपालमा थप २ हजार ४२८ जना कोरोना संक्रमित  थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको अपडेटअनुसार २४ घण्टामा १० हजार ४४८ जनाको परीक्षण गरिएको थियो ।

आरटि पिसिआर १० हजार एक जना र एन्टेजिन परीक्षण ४४७ जनाको गरिएकोमा उक्त संख्यामा संक्रमित फेला परेको मन्त्रालयले जनाएको छ । यससँगै संक्रमितको कूल संख्या २ लाख ९२ हजार १५२ पुगेको छ ।

कूल संक्रमितमध्ये हालसम्म ३ हजार ११७ जनाको मृत्यु भएको छ भने २ लाख ७६ हजार ३४५ जना निको भएका छन् । बितेको आज कूल ५ जना संक्रमितको मृत्यु भएको रिर्पोट प्राप्त भएको मन्त्रालयले जनाएको छ भने २४ घण्टामा थप ३ जनाको मृत्यु भएको छ । त्यस्तै यस अवद्दिमा २४२ जना संक्रमित निको भएका छन् ।