सुदूरपश्चिम र कर्णालीमा वर्षा !

सुदूरपश्चिम र कर्णालीमा वर्षा !

अहिले देशमा स्थानीय वायु र पश्चिमी वायुको प्रभाव रहको छ । जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल देशको पहाडी भू-भागमा आंशिकदेखि सामान्य बदली रहेको छ । 

अन्य स्थानमा मौसम सामान्यतया सफा रहेको छ । सुदूरपश्चिम र कर्णाली प्रदेशको एक दुई स्थानमा हल्का वर्षा भइरहेको छ ।

आज दिउँसो देशको सुदूरपश्चिम, कर्णाली र गण्डकी प्रदेशका साथै बाँकी पहाडी भू-भागहरुमा आंशिकदेखि सामान्य बदली रही बाँकी भू-भागमा आंशिक बदली रहने विभागले जनाएको छ । 

सुदूरपश्चिम, कर्णाली र गण्डकी प्रदेशका थोरै स्थानहरुमा र बाँकी प्रदेशको पहाडी भू-भागको एक÷दुई स्थानमा मेघगर्जन, चट्याङ्ग, हावाहुरीसहित हल्का वर्षाको सम्भावना रहेको छ ।

आज राति देशका पहाडी भू-भागमा आंशिकदेखि सामान्य बदली रही अन्य भू-भागमा मौसम सामान्यतया सफा रहने छ । पहाडी भू-भागको थोरै स्थानहरुमा मेघगर्जन, चट्याङ्ग, हावाहुरीसहित हल्का वर्षाको सम्भावना रहेको छ ।

आज दिनभर सुदूरपश्चिम प्रदेश, कर्णाली तथा गण्डकी प्रदेशका पहाडी भू-भागहरुका थोरै स्थानहरुमा मेघगर्जन, चट्याङ्ग, हावाहुरीसहित हल्का वर्षाको सम्भावना रहेको हुनाले आवश्यक सतर्कता अपनाउन महाशाखाले अनुरोध गरेको छ ।