आइपिएलः शुक्रबार राति भएको खेलमा खेलमा पञ्जाब किंग्स विजयी

आइपिएलः शुक्रबार राति भएको खेलमा खेलमा पञ्जाब किंग्स विजयी

इन्डियन प्रिमियर लिग (आइपिएल) क्रिकेट अन्तर्गत शुक्रबार राति भएको खेलमा खेलमा पञ्जाब किंग्स विजयी भएको छ।

चेन्नईमा भएको खेलमा पञ्जाबले मुम्बई इन्डियन्सलाई ९ विकेटले पराजित गरेको हो ।

१३२ रनको लक्ष्य पञ्जाबले १७ ओभर चार बलमा मात्रै एक विकेटको क्षतिमा भेट्टाएको हो ।

पञ्जाबका लागि कप्तान केएल राहुलले ५२ बलमा नटआउट ६०, क्रिस गेलले ३५ बलमा नटआउट ४३ तथा मयंक अग्रवालले २० बलमा २५ रन बनाए ।

यसअघि पहिले ब्याटिङ्ग गरेको मुम्बईले ६ विकेटको क्षतिमा १३१ रन बनाएको थियो । उसका लागि कप्तान रोहित शर्माले ५२ बलमा ६३ तथा सूर्यकुमार यादवले २७ बलमा ३३ रन बनाए पनि पर्याप्त भएन ।

खेलपछि पाँच खेलबाट समान चार अंकसहित मुम्बई चौथो तथा पञ्जाब पाँचौँ स्थानमा छन् ।