नेकपा एमालेले गर्‍यो सुदूरपश्चिममा जिम्मेवारी बाँडफाँड, कुन जिल्लामा कसले पाए जिम्मेवारी ?

नेकपा एमालेले गर्‍यो सुदूरपश्चिममा जिम्मेवारी बाँडफाँड, कुन जिल्लामा कसले पाए जिम्मेवारी ?

कैलाली । नेकपा एमालेले २६४ सदस्यीय दसौँ राष्ट्रिय महाधिवेशन आयोजक कमिटीका सदस्यहरूको कार्य विभाजन गरेको छ । माधव नेपाल पक्षधर केन्द्रीय सदस्यहरूलाई केन्द्रीय कमिटीमा यथावत् राखे पनि परिभाषित जिम्मेवारी दिइएको छैन ।

उनीहरू पार्टीको मूलधारमा फर्किएपछि उपयुक्त जिम्मेवारी दिइने बताइएको छ । विष्णु पौडेल, शङ्कर पोखरेल र टोपबहादुर रायमाझी सम्मिलित कार्यदलले दिएको सुझावका आधारमा शुक्रबारको केन्द्रीय कमिटी बैठकले जिम्मेवारी हेरफेर गरेको हो ।

अध्यक्ष केपी शर्मा ओली स्कुल विभाग प्रमुख र महासचिव ईश्वर पोखरेल उपत्यका विशेष कमिटीको इन्चार्ज तोकिएका छन् । त्यस्तै विष्णु पौडेल सङ्गठन विभाग प्रमुख भएका छन् । रामबहादुर थापा ‘बादल’ बागमती प्रदेश इन्चार्ज तथा राष्ट्रिय सुरक्षा प्रवर्द्धन विभागको प्रमुख बनेका छन् ।

स्थायी कमिटी सदस्यमा समेटिएका वामदेव गौतमलाई पनि अहिले कुनै जिम्मेवारी दिइएको छैन । गौतम पार्टी काममा नरहेकाले उनलाई जिम्मेवारी नदिइएको हो ।

 

एमाले नेताहरूको जिम्मेवारी यस प्रकार छ:

लेखराज भट्ट : इन्चार्ज सुदूरपश्चिम प्रदेश, प्रमुख उद्योग तथा वाणिज्य विभाग, इन्चार्ज नेपाल उद्योग व्यवसाय महासङ्घ तथा सम्बद्ध सङ्गठनहरू

कर्ण थापा :  अध्यक्ष सुदूरपश्चिम प्रदेश

गणेश ठगुन्ना : प्रमुख सामान्य प्रशासन विभाग, सह इन्चार्ज सुदूरपश्चिम प्रदेश, इन्चार्ज दार्चुला 

नदरमुनि राना : सह इन्चार्ज सुदूरपश्चिम प्रदेश, इन्चार्ज कैलाली

प्रेम आले : प्रमुख वन तथा वातावरण विभाग

महेश्वर पाठक :  सह इन्चार्ज सुदूरपश्चिम प्रदेश

राजेन्द्र रावल :  सचिव सुदूरपश्चिम प्रदेश, इन्चार्ज डडेल्धुरा जिल्ला

लाल बहादुर थापा :  इन्चार्ज बाजुरा जिल्ला

निरुदेबि पाल :  इन्चार्ज कञ्चनपुर जिल्ला

पुरनसिंह दयाल : इन्चार्ज बैतडी जिल्ला

गौरी ओली :  इन्चार्ज डोटी जिल्ला

झपट बोहरा : इन्चार्ज अछाम जिल्ला

भैरव सिंह : इन्चार्ज बझाङ जिल्ला

दीपक देवकोटा :  सह इन्चार्ज कैलाली जिल्ला

लीला भण्डारी : सह इन्चार्ज कैलाली जिल्ला