काठमाडौँमा फेरि लकडाउन गर्न स्वास्थ्य मन्त्रालयको सुझाव

काठमाडौँमा फेरि लकडाउन गर्न स्वास्थ्य मन्त्रालयको सुझाव

कोरोना संक्रमितको संख्या बढेसँगै काठमाडौँ उपत्यकामा लकडाउन गर्न स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सुझाव दिएको छ ।

कोरोनाको दोस्रो लहर तीव्र रुपमा फैलिएपछि स्वास्थ्य मन्त्रालयले सीसीएमसीलाई लकडाउन गर्न सुझाव दिएको हो ।

मन्त्रालयको सुझावबारे सीसीएमसीको आज बस्ने बैठकमा छलफल हुने बताइएको छ । हाल विश्वभर फैलिएको कोरोनाको नयाँ लहरका कारण नेपालमा पनि दिनहुँ हजारौको संख्यामा संक्रमित भेटिन थालेका छन् । यस्तै, शून्यमा झरेको मृत्यु संख्यामा पनि वृद्धि भएको छ ।