कञ्चनपुरमा गर्मीका कारण विद्यालय बन्द

कञ्चनपुरमा गर्मीका कारण विद्यालय बन्द

भीमदत्तनगरः अत्यधिक गर्मी बढेपछि कञ्चनपुर भीमदत्तनगरपालिकाले चार दिनका लागि नगरक्षेत्रका विद्यालयको अध्यापन बन्द गर्ने निर्णय गरेको छ ।
    
नगरपालिकाका उपप्रमुख सुशीला चन्द सिंहको संयोजकत्वमा बसेको बैठकले मंगलबारदेखि शुक्रबारसम्म नगर क्षेत्रका सबै विद्यालय बन्द गर्ने निर्णय गरेको हो ।
    

उपप्रमुख सिंहले अत्यधिक गर्मीका कारण विद्यार्थीको पठनपाठनमा समस्या देखिएपछि विद्यालय बन्द गर्ने निर्णय गरिएको जानकारी दिए ।