कोरोना रिपोर्ट बिना भारत प्रवेशमा रोक, दार्चुला सिमानाका पुल छेउमा सूचना टाँस !

कोरोना रिपोर्ट बिना भारत प्रवेशमा रोक, दार्चुला सिमानाका पुल छेउमा सूचना टाँस !

दार्चुला  | भारतको उत्तराखण्ड प्रदेशमा बिना कोरोना रिपोर्ट प्रवेशमा रोक लगाइएको छ । 

७२ घण्टा भित्रको कोरोना नेगेटिभ रिपोर्ट देखाएपछि मात्रै भारत प्रवेश गर्न पाइने भएको छ । उत्तराखण्ड सरकारले जारी गरेको स्वास्थ्य निर्देशिका अनुसार अन्य राज्यबाट उत्तराखण्ड प्रदेशमा प्रवेश गर्न ७२ घण्टा भित्रको कोरोना रिपोर्ट नेगेटिभ भएको हुनु पर्ने आदेशमा जनाइएको छ ।

सोही निर्देशिका अनुसार धारचुला तहसिलले नेपाल–भारत जोड्ने झोलुङ्गे पुलमा आवतजावत गर्ने व्यक्ती को ७२ घण्टाको कोरोना नभएको प्रमाणित हुने रिपोर्ट अनिवार्य गरेको हो । तहसिल धारचुलाले पुल छेउमा आफ्नो कोरोना नभएको रिपोर्ट देखाउन निर्देशन गर्दै सूचना टाँस गरेको छ ।

आइतबार वाट पुलमा आवतजावत गर्ने व्यक्तेली आफूमा कोरोना नभएको रिपोर्ट देखाएर मात्रै आवतजावत गर्न पाउने नियम लागु गरिएको छ । यसअघि भारतको धार चुला बजार क्षेत्रमा ६ जनामा कोरोनाको नयाँ भेरियन्ट देखिएपछि दिउँसो २ बजे देखि साँझ ५ बजेसम्म बजार बन्द हुँदै आएको थियो । 

यसैबिच आइतबार बिहानै देखि धारचुला बजारका सबै पसलहरू बन्द गरिने भएका छन् । बाहिरी राज्यबाट उत्तराखण्ड राज्यमा मानिसहरूको बढी आवतजावत हुन थालेपछि त्यहाँको सरकारले कोरोना रिपोर्ट अनिवार्य गरेको हो ।