आज दिनभरको मौसम कस्तो रहला ?

आज दिनभरको मौसम कस्तो रहला ?

काठमाडौं । आइतबार देशको पहाडी भू-भागमा आंशिक बादली रहेको छ भने बाकी भू-भागमा मौसम आशिक देखि सामान्य वदली रहेको छ।  
 
मौसम पूर्वानुमान महाशाखाका अनुसार देशमा अहिले स्थानीय वायु र पश्चिमी वायुको प्रभाव रहेको देखिन्छ ।  आज दिउँसो देशका धेरैजसो स्थानहरुमा आँशिक बदलीको सम्भावना रहेको छ। 

देशको प्रदेश नं १ का एक दुइ स्थानमा मेघगर्जन, हावाहुरी र चट्टयाङसहित पानी पर्ने सम्भावना रहेको छ। त्यस्तै आज राति देशका पहाडी भू-भागमा आँशिक बदली र बाँकि भू-भागमा मौसम सामान्यतया सफा रहनेछ।