कांग्रेस पदाधिकारी बैठक आज, केन्द्रीय समिति भोलि

कांग्रेस पदाधिकारी बैठक आज, केन्द्रीय समिति भोलि

काठमाडौं । नेपाली कांग्रेसका पदाधिकारीहरुको बैठक आज बस्दैछ । सोमबार बस्ने पार्टीको केन्द्रीय समितिको बैठकका एजेन्डामा सहमति जुटाउन पदाधिकारी बैठक बस्न लागेको हो ।

सभापति शेरबहादुर देउवाको निवास बुढानिलकण्ठमा दिउँसो बस्ने बैठकमा पूर्व पदाधिकारी र केही केन्द्रीय सदस्यहरुलाई पनि बोलाइएको छ ।

बैठकमा मुख्यतः महाधिवेशन तयारी , क्रियाशील सदस्यता वितरणमा भइरहेको प्रगति र समसामयिक विषयमा छलफल हुने जनाइएको छ । साथै जेठ ६ गते हुने राष्ट्रिय सभाको उपनिर्वाचनका बारेमा पनि छलफल हुनेछ ।

कांग्रेसले बागमती प्रदेशको रिक्त एक राष्ट्रिय सभा सदस्यका लागि आफ्नो उम्मेदवार जिताउन अन्य दलसँग सहकार्य गर्ने विषयमा पनि बैठकमा छलफल हुने बताइएको छ । कांग्रेस केन्द्रीय समितिको बैठक भने सोमबार दिउँसो २ बजे सानेपामा बस्दैछ ।