लागुऔषधसहित कञ्चनपुरबाट धनगढीका २ जना पक्राउ

लागुऔषधसहित कञ्चनपुरबाट धनगढीका २ जना पक्राउ

कञ्चनपुर ।  लागुऔषधसहित कञ्चनपुरबाट धनगढीका २ जना पक्राउ परेका छन् । 

सशस्त्र प्रहरी बल नेपाल नम्बर ३५ हेडक्वाटर शैलेश्वरी कञ्चनपुर मातहतको बोडर आउटपोष्ट पुनर्वासबाट खटिएको टोलीले पुनर्वास नगरपालिका–६ मा लागुऔषधसहित २ जनालाई पक्राउ गरेको हो। 

पक्राउ पर्नेमा धनगढी उप-महानगरपालिका–३ जानकी टोल बस्ने १७ वर्षीय आयुष कुवँर र १७ वर्षीय पुष्प शाही रहेको सशस्त्र प्रहरी उपरीक्षक बिरेन्द्रबहादुर ऐरले बताए।

उनीहरुले चलाइरहेको से ६ प १४३१ नम्बरको स्कुटर चेकजाँच गर्दा लागुऔषधि स्प्यासमोबक प्लस ६ पिस, नाइट्राभेट ४ पिस र १ दशमलव २९ ग्राम चरेस बरामद गरिएको प्रहरी उपरीक्षक ऐरले बताए। 

दुवै जनालाई आवश्यक कारवाहीका लागि ईलाका प्रहरी कार्यालय त्रिभुवनबस्तीमा बुझाइएको जनाइएको छ।