कैलालीमा थप एक कोरोना सङ्क्रमित पुरुषको मृत्यु

कैलालीमा थप एक कोरोना सङ्क्रमित पुरुषको मृत्यु

धनगढीमा रहेको अस्थायी कोरोना अस्पतालमा उपचाररत एक पुरुषको मृत्यु भएको छ ।गोदावरी ३ का ६२ वर्षीय पुरुषको आइतबार बिहान मृत्यु भएको सेती प्रादेशिक अस्पतालका सूचना अधिकारी दिलीप कुमार क्षेष्ठले बताए ।

वैशाख ८ गते अस्पताल भर्ना भएका उनीमा ९ गते कोरोना पुष्टि भएको थियो। आइसियुमा राखेर उपचार भइरहेका उनको आइतबार बिहान उपचारकै क्रममा मृत्यु भएको सूचना अधिकारी श्रेष्ठले बताए ।उनमा कडा खालको स्वासप्रस्वासको समस्या देखिएको थियो।