नेपाल सुपर लिग : आज दुई खेल हुँदै, धनगढीको कप्तानी किरण चेम्जोङले सम्हाल्ने

नेपाल सुपर लिग : आज दुई खेल हुँदै, धनगढीको कप्तानी किरण चेम्जोङले सम्हाल्ने

पहिलो पटक आयोजना भएको नेपाल सुपर लिग (एनएसएल) मा आज आइतबार दुई खेल हुँदैछन्। काठमाडौको दशरथ रगंशालामा हुने पहिलो खेलमा धनगढी एफसी (फुटबल क्लब) र विराटनगर सिटी एफसीबीच प्रतिस्पर्धा हुँदैछ।

धनगढीको कप्तानी किरण चेम्जोङ र विराटनगरको कप्तानी रेजिन धिमालले सम्हाल्नेछन्। 

आजको खेलमार्फत किरण पाँच वर्षपछि घरेलु लिगका फर्कदैछन्। आजै हुने दोस्रो खेलमा पोखरा थन्डर्स र बुटवल लुम्बिनी एफसी खेल्नेछन्। खेल सोही मैदानमा अपरान्ह साढे ५ बजे सुरु हुनेछ।

पोखराको कप्तानी अनिल गुरुङ र बुटबल लुम्बिनीको नेतृत्व बिशाल श्रेष्ठले गर्नेछन्। नेपाल स्पोर्टस म्यानेजमेन्टको आयोजना तथा अखिल नेपाल फुटबल संघको प्राविधिक सहयोगमा जारी लिगमा ७ शहरका ७ टोलीको सहभागिता रहेको छ।

लिगमा विराटनगर सिटी फुटबल क्लब, काठमाडौं रेजर्स फुटबल क्लब, ललितपुर सिटी फुटबल क्लब, एफसी चितवन, धनगढी एफसी, पोखरा थन्डर्स र बुटवल लुम्बिनी एफसी छन्।

राउण्ड रोबिनको आधारमा हुने यो लिग १ जेठसम्म चल्नेछ। प्रतियोगिताको विजेताले ३५ लाख तथा उपविजेताले १५ लाख रुपैयाँ हात पार्नेछन्। व्यक्तिगत विधातर्फका उत्कृष्टले जनही १ लाख तथा उत्कृष्ट युवा खेलाडीले पनि १ लाख रुपैया प्राप्त गर्नेछन्।