धनगढी  १५ मा आगलागी, घर पूर्ण रुपमा जलेर नष्ट

धनगढी  १५ मा आगलागी, घर पूर्ण रुपमा जलेर नष्ट

धनगढी । धनगढीमा उप-महानगरपालिकाको वडा नम्बर १५ झिनवा, कटानका प्रेम पातलीको दुईतले काठको घरमा आगलागी भएको जिल्ला प्रहरी कार्यालय कैलालीले बताएको छ। 

प्रहरीका अनुसार भान्सामा बालिएको आगोबाट अचानक आगलागी भएपछी घर पूर्ण रुपमा जलेर नष्ट भएको छ भने गोठमा समेत आगलागी हुँदा एउटा बाख्रा मरेको र एउटा भैँसी, एउटा गाई र अर्को एउटा बाख्राको आधा शरीर जलेको छ।

आइतबार विहान साढे ११ बजेतिर भएको आगलागी दमकल, स्थानीय र प्रहरीको सहयोगमा नियन्त्रणमा लिइएको थियो।