डडेल्धुरामा ट्याक्टर दुर्घटना हुँदा एक युवकको मृत्यु

डडेल्धुरामा ट्याक्टर दुर्घटना हुँदा एक युवकको मृत्यु

डडेल्धुरा | डडेल्धुरामा ट्याक्टर  दुर्घटना हुँदा  कैलालीका एक युवकको मृत्यु भएको छ ।  जिल्लाको अजयमेरु गाउँपालिका १ इरानी खोलामा से २ त १४ ७२ नम्बरको ट्याक्टर  दुर्घटना हुँदा चालक कैलालीको गौरीगङ्गाका प्रेम खड्काको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय डडेल्धुराले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालय डडेल्धुराका प्रहरी निरीक्षक हर्ष बहादुर चन्दका अनुसार ट्याक्टर  दुर्घटनामा कैलालीको चुरे गाउँपालिकाका पवन सिजापती मगर घाइते भएका छन्  । कच्ची सडक र उकालो भएको हुँदा नियन्त्रण गुमाएर ट्याक्टर  दुर्घटना भएको उनले बताए ।