'मास्क नलगाएई बाहिर जनआस्या' भन्दै दार्चुला प्रहरीको स्वास्थ्य सन्देश सहितको र्‍याली

'मास्क नलगाएई  बाहिर जनआस्या' भन्दै दार्चुला प्रहरीको स्वास्थ्य सन्देश सहितको र्‍याली

दार्चुला । कोरोना बाट बच्न स्वास्थ्य सुरक्षाका मापदण्ड अपनाउन आग्रह गर्दै दार्चुला प्रहरीले पम्पलेट सहित र्‍याली प्रदर्शन गरेको छ । 

जिल्ला प्रहरी कार्यालय दार्चुलाले 'हर प्रहर गाउँ नगरी, टोल टोलमा नेपाल प्रहरी' भन्ने नारालाई आत्मसाथ गर्दै कोरोना बाट बच्न स्वास्थ्य सुरक्षाका मापदण्ड अपनाउन आग्रह गर्दै दार्चुला सदरमुकाम क्षेत्रमा  पम्पलेट सहीतको र्‍यालीको आयोजना गरेको हो । 

र्‍यालीमा दार्चुला प्रहरीले सामाजिक दुरी कायम गरौँ, मास्क नलगाइ बाहिर जनआस्या, टाईम टाईम मी साबुन पालिने निकरी हात धोया लगायतका पम्पलेटहरु प्रदर्शन गरेको थियो । 

पछिल्लो समय नेपाल प्रहरीले शान्ति पूर्ण एवम् सुरक्षित समाजका लागी उदाहरणीय कामहरू गर्दै आफ्नो कार्य कुशलता देखाउँदै आइरहेको छ ।