कैलाली र कञ्चनपुरमा आजदेखि ‘नाइट लकडाउन’ जारी

कैलाली र कञ्चनपुरमा आजदेखि ‘नाइट लकडाउन’ जारी

धनगढी | कैलाली र कञ्चनपुरमा आजदेखि ‘नाइट लकडाउन’ जारी हुने भएको छ ।

दुबै जिल्लाका प्रमुख जिल्ला अधिकारीको उपस्थितीमा भइरहेको अन्तर जिल्ला संकट व्यवस्थापन केन्द्र बैठकले यस्तो निर्णय गरेको कैलालीका प्रमुख जिल्ला अधिकारी खगेन्द्र प्रशाद रिजालले जानकारी दिए ।

‘राति ८ बजेदेखि विहान ५ बजेसम्म हिडडुलमा प्रतिवन्द लगाउने सहमती भएको छ,’ उनले भने, ‘यो निर्णय आजैदेखि कार्यान्वयन हुन्छ ।

नाइट लकडाउन भन्दा हुन्छ ।’ उनका अनुसार रातिको समयमा हिडडुलमा प्रतिवन्द लगाउने निर्णय कार्यान्वयन नभए दुई÷तीन दिनभित्रै पूर्ण रुपमा लकडाउन गर्ने निर्णय गरिनेछ ।